प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्कमेनिस्तान जाने

श्रावण १४, काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्कमेनिस्तान जाने भएका छन्।

आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्‍यौं, जलबायुको मुद्दामा विश्वको ध्यान खिच्यौँ। अस्ति भरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि तुर्केमिनिस्तान जाँदैछु। सायद यही १८ गते।’

उनले पुनः  साउन १८ गते तुर्केमिस्तानमा जलबायु र हिमालका मुद्दा उठाउने जानकारी दिएका छन् ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    Leave a Reply