बलात्कार पीडित युवतीविरुद्ध नै मधेश प्रदेशका पूर्वप्रमुख अहिराजले हाले मुद्दा

१४ साउन, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाले नै आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका छन् ।

अहिराजले दिएको जाहेरीको अनुसन्धान कसेर आज बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको हो ।

धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रुपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी अहिराजको छ ।

सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दाबी अहिराजले गरेका छन् । बलात्कार पीडित युवतीले जाहेरी दिएपछि अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दिएको पाइएको छ ।

उक्त जाहेरीको अनुसन्धान सकेर बलात्कार पीडित युवतीलाई फरार आरोपी बनाउँदै मुद्दा दायर भएको हो । यता अहिराजविरुद्ध मंगलबार नै काठमाडौं जिल्ला अदालतमा बलात्कारको कसुरमा मुद्दा दायर भएको छ ।

४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको पीडित युवतीको आरोप छ । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more

    Leave a Reply