आज सुनको मुल्य कति ?

४ साउन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ । असार ३० गते चाँदीको भाउले २ हजार ३१५ रुपैयाँको रेकर्ड बनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल प्रणालीमा लैजाने घोषणा

    Read more

    चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

    Read more

    Leave a Reply