आज सुनको मुल्य कति ?

४ साउन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २८० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ कायम भएको छ । असार ३० गते चाँदीको भाउले २ हजार ३१५ रुपैयाँको रेकर्ड बनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more

    Leave a Reply