इ रिक्सा वयवस्थापन गर्ने कि !

साउन २, जनकपुरधाम   ✍️ ध्रुव झा— सामाजिक संजाल फेसबुक मा लेख्नु हुन्छ  जनकपुरधाम मधेश प्रदेशको राजधानी र धनुषा जिल्लाको सदरमुकाम नगर हो ।
सर्वसाधारणहरुलाई सानो दूरीको सवारीको लागि सुविधाजनक मानिने ई रिक्साको संख्या दिनानुदिन वृद्धि हुनु पनि स्वभाविक हो । तर,धनुषा जिल्लामा मात्रै १२ हजार भन्दा बढी ई-रिक्सा संचालनमा रहेको तथ्याँक भने अस्वभाविक मात्र होइन अनियन्त्रित पनि छ ।
अर्थात के भन्न खोजिएको हो भने ई-रिक्सा संचालन हुनै पर्छ तर,मापदण्ड अनुसार संचालन हुनु पर्छ ।
ई-रिक्साकै चापले गर्दा जनकपुरधामका सडकहरुमा दिनहुँ ट्राफिक जाम हुने गरेको छ । त्यत्ती मात्रै कहाँ हो र ई रिक्साकै कारणले सडक दुर्घटनामा समेत वृद्धि भएको तथ्याँकहरुले देखाएको छ ।
सुरु-सुरुमा ई रिक्सा संचालन हुँदा राम्रै आम्दानीको व्यवसाय मानिए पनि पछिल्लो समयमा ई रिक्साको सँख्या अत्यधिक बढेकोले यो व्यवसाय घाटाको कामको रुपमा अघि सरेको छ ।
त्यसैले ई रिक्साहरुको रुट तय गरेर सो रुटमा निस्चित संख्यामा ई-रिक्सा संचालनको अनूमति दिनु पर्ने र यश कार्यको लागि सम्वन्धित पालिकाले योजनावद्ध रुपमा काम गर्नु पर्ने आवश्यकता छ ।
ट्राफिक प्रहरीले मात्रै पनि नियमन गर्न नसक्ने भएकोले पालिकाबाटै नगर प्रहरीलाई समेत परिचालन गरि एक एक ई रिक्सालाई व्यवस्थित गर्न दर्तादेखि चालकलाई यथोचित मार्गमा चलाउँदा अमुख गतिलगायतका नियमबारे जानकारी दिनु पर्ने अहिलेको आवश्यकता रहेको छ । भने ई रिक्साको संख्यालाई नियन्त्रण गर्न नसकिए यो समस्या अझै विकराल बन्दै जाने सम्भावनासमेत रहेकोले यश तर्फ पनि सरोकारबालाहरुको ध्यानाकर्षण हुनु अहिलेको आवश्यक्ता रहेको हाम्रो ठम्याई छ ।

  • सम्बन्धित समाचारहरु

    नेपालमा निजी विद्यालयहरूको योगदान र वर्तमान बहस

    Read more

    आधुनिकता र परम्पराको संगम : बालेनको सपथ र सांस्कृतिक सन्देश

    Read more

    Leave a Reply