टिकटक लाइभमा अभद्र गाली गलौज गर्ने युवती प्रहरी नियन्त्रणमा — अनुसन्धान जारी

जनकपुरधाम, ३० असार — समाजिक संजालको बढ्दो दुरुपयोगको सन्दर्भमा जनकपुरधामबाट एक युवती प्रहरी नियन्त्रणमा परेकी छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका–२४ निवासी रोशनी खातुनलाई सामाजिक सञ्जाल TikTok को Live कार्यक्रममा अभद्र गाली गलौज तथा अपशब्द प्रयोग गरेको अभियोगमा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अन्दाजी २० वर्षीया रोशनी खातुनले लाइभ प्रसारणको क्रममा प्रयोग गरेका अश्लील, अभद्र तथा सामाजिक मर्यादा विपरीतका शब्दहरूले सामाजिक संजाल प्रयोगकर्तामा नकारात्मक प्रभाव पार्ने देखिएकोले उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धान अनुसार, खातुनले सो लाइभ कार्यक्रममार्फत अन्य व्यक्तिहरूप्रति स्पष्टतया लक्षित गर्दै गाली गलौज, अपशब्द र उच्छृंखल भाषा प्रयोग गरेकी थिइन्। प्रहरीले बताएअनुसार, यस्तो व्यवहारले सामाजिक सद्भाव, सार्वजनिक मर्यादा तथा सामाजिक संजालको मर्यादालाई गम्भीर रूपमा प्रभावित पार्ने देखिएकोले उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।

प्रहरी प्रवक्ता अनुसार, “समाजमा यस्तो किसिमको सामाजिक सञ्जालको दुरुपयोगले युवापुस्तामा गलत सन्देश दिन्छ। सार्वजनिक रूपमा अपशब्द प्रयोग गर्नु कानुनी अपराध हो, त्यसैले रोशनी खातुनविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ।”

प्रहरीले खातुनलाई नियन्त्रणमा लिएपछि जिल्ला अदालत धनुषाबाट आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै अभद्र व्यवहार सम्बन्धी अभियोगमा म्याद थप गराएको छ। उनलाई हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखिएको छ र थप अनुसन्धान कार्य जारी छ।

प्रहरीले घटनाको डिजिटल प्रमाण (TikTok लाइभ भिडियो) पनि संकलन गरेर फोरेंसिक विश्लेषणका लागि तयारी गरिरहेको जनाएको छ।

सामाजिक संजालमा निगरानी कडाइ

धनुषा प्रहरी प्रमुखको भनाइमा, “सामाजिक संजालको प्रयोग सबैको अधिकार हो, तर त्यसको दुरुपयोग गर्दा कानुनी कारबाही अपरिहार्य हुन्छ।” प्रहरीले विशेषगरी TikTok, Facebook, YouTube जस्ता प्लेटफर्ममार्फत गरिने अवाञ्छित क्रियाकलापमाथि निगरानी बढाउने नीति अपनाएको छ।

विधि, मर्यादा र सामाजिक उत्तरदायित्वको कुरा गर्दा यस्तो घटनाले समाजमा युवा पुस्तामाथि कसरी डिजिटल स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भन्ने देखाएको छ। प्रविधिको प्रयोग विवेकपूर्वक नहुँदा त्यसले कानुनी परिणाम निम्त्याउने स्पष्ट सन्देश यो घटनाबाट प्राप्त हुन्छ।

प्रहरीले आम नागरिकलाई सामाजिक संजाल प्रयोगमा मर्यादित भाषा, संयम र जिम्मेवारीका साथ व्यवहार गर्न आग्रह गरेको छ।

TikTok जस्ता खुला माध्यममार्फत सार्वजनिक स्थानमा देखिने व्यवहारलाई कानुनले बेवास्ता गर्दैन। रोशनी खातुनमाथि कारबाहीको यो प्रक्रिया सामाजिक मर्यादा कायम राख्न र डिजिटल अनुशासनको पक्षमा एक कदमका रूपमा देखिएको छ। यदि यस्तो अनुशासन कायम राख्न सकिएन भने सामाजिक सञ्जाल स्वतन्त्रताको नाममा असभ्यताको अखडा बन्ने खतरा थप गहिरो हुनेछ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply