आफ्नै ससुराको हत्या गर्ने ज्वाँई पक्राउ

२५ असार, जनकपुर । जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार १८ गते बिहान जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको ।

मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए ।

महासेठलाई छुरासहित बुधवार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । महासेठले घरसायी विवादमा ससुराको पेटमा चारपट छुरा प्रहार गरेको एसपी रेग्मीले बताए ।

पक्राउ परेका महासेठमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । मृतक बासुदेव जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    Leave a Reply