को हुन भेरी नदीमा हाम फाल्ने ६० वर्षीय पुरुष ?

२५ असार, सुर्खेत । सुर्खेतमा एक जना ६० वर्षीय जेष्ठ नागरिकले भेरी नदीमा हाम फाल्दा बेपत्ता भएका छन् ।

बुधबार दिउँसो गुर्भाकोट नगरपालिका–१० भेडावारिस्थित भेरी नदी पुलबाट हाम फाल्दा गुर्भाकोट –११, सिमखोलीका ६० वर्षीय गोपाल वली बेपत्ता भएका हुन् ।

वलीले आज दिउँसो २: २० बजेको समयमा भेरी नदीमा हाम फाल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार वलीले भेरी नदीमा हाम फालेको भन्दै २: ३५ बजे स्थानीयले प्रहरी चौकी मेहलकुनामा खबर गरेका थिए ।

त्यसलगत्तै मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र अधिकारीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

उनको खोजीकार्य भइहरेको सुर्खेत प्रहरीले जनाएको छ ।

 

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    Leave a Reply