संसदमा खस्यो ड्रोन, आतंकवादी गतिविधि हुन सक्ने आशंका

२५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार सत्तारुढ नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको विषय उठाए ।

ड्रोनबाट विभिन्न सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि समेत भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले यो विषय उठेपछि हामीले संसद भवन आसपास सुरक्षाको जिम्मेवारी पर्ने प्रहरी वृत्त, बानेश्वरका अधिकारीहरुलाई यसबारे सोध्यौंं ।

प्रहरीका अनुसार, २३ असारमा बेलुकीको समयमा संसद् भवन परिसरमा एउटा ड्रोन खसेको भन्दै खबर आएको थियो । सूचनाअनुसार नै त्यहाँ ड्रोन खसेको थियो । त्यसलाई भवनको परिसर सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए र परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाए ।

‘खासमा त्यो ड्रोन कुनै विशेष प्रकृतिको थिएन, सामान्य ड्रोन दुर्घटना भएको हो’, बानेश्वर प्रहरीका एक अधिकृतले  भने, ‘यद्यपि, संसद् भवन परिसरमा भएकाले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौंं ।’

त्यसको प्रतिवेदन भने आइनसकेको उनले बताए । प्रहरीका अनुसार, बानेश्वर क्षेत्रमा विगतमा पनि प्राविधिक समस्याले ड्रोन खस्ने गरेका थिए ।

‘कतिपयले हरायो भन्दै खोजतलासका प्रहरीलाई समेत भन्ने गरेका छन्’, ती अधिकृतले भने, ‘तर, ती सबै सामान्य किमिसका ड्रोन हुन् ।’

प्रयोगशालाबाट प्रतिवेदन आएपछि त्यसबारे विस्तृतमा भन्न सकिने ती अधिकारीले बताए । अहिलेसम्म ड्रोन कसको हो भन्ने चाहिँ खुलेको छैन ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    Leave a Reply