जनकपुर रेल्वे लिकमा युवकको मृत्यु : कानमा इयरफोन, चेतावनी नसुनेर भयो दुर्घटना

असार २३, जनकपुरधाम । जयनगर–जनकपुर रेल मार्गमा आज बिहान भएको एक दर्दनाक दुर्घटनामा एक युवकले ज्यान गुमाएका छन्। देउरी परवाहा स्टेशनदेखि केही दूरीपूर्व रेल्वे लिकमा एक अज्ञात पुरुषको शव फेला परेको हो।

रेल्वे कम्पनीका कर्मचारीका अनुसार, बिहान ९:४० बजे जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले देउरी परवाहा नजिकै एक युवकलाई ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार, मृतक कानमा इयरफोन लगाएर लिकमै हिँडिरहेका थिए। रेल चालकले धेरै पटक हार्न दिँदा समेत ती युवकले सुनेनन्। अन्ततः, समयमै लिकबाट नहटेका कारण उनलाई रेलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जनाइएको छ।मृतकको पहिचान हालसम्म खुलेको छैन। उनको उमेर करिब २५–३० वर्षको आसपास अनुमान गरिएको छ। प्रहरी र जनकपुर रेल्वे कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more

    Leave a Reply