जनकपुरधामको ज्ञानकुप स्कुल र दलित बस्तीमा स्वच्छ पानी अभियानको उद्धघाटन तथा हस्तान्तरण

१३ असार, जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य तथा स्वच्छता प्रवद्र्धन गर्ने उद्देश्यले “स्वच्छ पानी अभियान” अन्तर्गत जनकपुरधाममा एक विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको छ।

नेपाल स्थित चिनियाँ दुतावासले युथ पायोनियर्स तथा सीएफआरडी नेपालको सहकार्यमा स्वच्छ पानी अभियान परियोजनाको उद्धघाटन तथा हस्तान्तरण श्री याज्ञवल्क्य संस्कृत माध्यमिक बिद्यालय जनकपुर ८ र वडा ११ को दलित समुदायमा सम्पन्न गरेको छ ।

यस परियोजनाले् मुख्यरुपमा पछाडि पारिएका समुदायलाई लक्षित गरी सुरक्षित र स्वच्छ पानीको पहुँच पुरयाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादवले मधेशी जनताको जीवनस्तर उकास्न यो परियोजना महत्वपुर्ण हुने धारणा राख्नुभएको छ ।
त्यस्तै, मधेशी आयोगका संस्थापक अध्यक्ष डा. बिजय दत्तले भुईस्तरमै पुगेर चिनिया दुतावासले गरेको कदम प्रभावकारी रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यसअघि चिनिया दुतावासले उज्यालो भविष्य शिक्षा अभियान र आरामदायी बर्थिङ अभियान पनि ३ हप्ता अघि मधेशमा शुरु गरिसकेको छ ।

बिजीन्युज रिपोर्टर– काशीकान्त झा

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply