सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन

असार ९, काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू रहनेछन् ।

भिजिट भिसाको दुरुपयोग र प्रक्रियागत कमजोरीबारे अध्ययन गर्न गठित समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    Leave a Reply