मधेशका चर्चित कलाकार कलकतियावालीकी श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला (भिडियो सहित)

१० असार, जनकपुरधाम । मधेश प्रदेशका चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमती अंशा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन ।

गएको माघ महिनामा मात्रै अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए । अचानक सोमबार राती अंशा सदा जनकपुरको नोचापुर स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यो घटना सोमबार राती नै भएको हो । घटनास्थलमा अहिले अंशा सदाको माईती पक्ष आईसकेकाले आवश्य मुचुल्का उठाउने कार्य र अनुसन्धानको कार्य अगाडी बढाईएको प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सलको पासो लगाएर झुन्डिएको अवस्थामा राति ९:३० बजेतिर उनको शव कोठामा फेला परेको हो ।

जनकपुर उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकैको नोचपुरस्थित उनीहरुको सुटिँग स्थल रहेको थियो । सोही घरमा अंशा मृत अवस्थामा फेला परेका छन । अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा यसबारे स्पष्ट वक्तत्व दिन सक्ने अवस्थामा हाल छैनन ।

जानकारी अनुसार उनी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपी, प्रहरीले यसलाई बिना पोष्टमार्टमको हत्या वा आत्महत्या अहिले नै भन्न नमिल्ने बताएको छ । यसबारे अनुसन्धान तीव्र बनाईएको र अनुसन्धान पछि मात्र सत्य पत्ता लाग्ने प्रहरीको भनाई छ ।

सम्बन्धित समाचारहरु

एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

Read more

रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

Read more

Leave a Reply