एमालेसँग सरकारमा सहकार्य गर्ने निर्णय भएको छैन : उपेन्द्र यादव

१ कात्तिक , जनकपुरधम।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) सँग सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।

अध्यक्ष यादवले पार्टीले एमालेसँग सहकार्य गर्ने न कुनै नीति लिएको, न कुनै समझदारी गरेको र तत्काल त्यस्तो सम्भावना पनि नरहेको बताएका छन्।

उनले बेग्लै प्रसङ्गमा खिचिएको तस्बिरलाई सामाजिक सञ्जालमा राखेर केही व्यक्तिले गलत तथा भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएका छन्। त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको उल्लेख गर्दै उनले कपोलकल्पित, पूर्वाग्रही र झुटा प्रचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेका छन्।

यादवका अनुसार जसपा नेपालले हालसम्म सरकार गठनका लागि कुनै दाबी गरेको छैन। त्यस्तै, कुनै दलसँग समर्थन माग्ने वा कुनै पार्टीलाई समर्थन गर्ने अथवा नगर्ने विषयमा पनि कुनै सम्झौता भएको छैन।

सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण प्रचारप्रति सचेत रहन आग्रह गर्दै अध्यक्ष यादवले पार्टीको आधिकारिक धारणा र निर्णयलाई मात्र विश्वास गर्नुपर्ने सन्देश दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more