हुंकार मधेशका २१ विभागीय प्रमुखको जिम्मेवारी तोकियो

२७ असोज, काठमाडौ । हुंकार मधेश’ले संगठनका २१ वटा विभागका विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ। संगठनको केन्द्रीय अभियानताहरूको बैठकबाट प्राप्त म्यान्डेट तथा केन्द्रीय अभियानताहरूको सामूहिक संवादका आधारमा विभिन्न विभागमा केन्द्रीय अभियानताहरूलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।

संगठनले विभागीय प्रमुखहरूलाई सात दिनभित्र आ–आफ्नो विभागको कार्ययोजना, कार्यविधि तथा कार्यसूची (सय दिने कार्यक्रम) प्रस्तुत गर्न निर्देशन दिएको छ।

हुंकार मधेशद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, संगठनात्मक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न क्षेत्रगत विभाग गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको हो।

तोकिएका विभागीय प्रमुखहरूमा **सम्वाद तथा समन्वय विभागमा रामकुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशन विभागमा केशवकुमार, संगठन विभागमा कौशलेन्द्र कौशल, कानुन तथा न्याय विभागमा रत्नेश्वर सनातनी र आईटी तथा कार्य मूल्यांकन विभागमा रोशनकुमार** रहेका छन्।

त्यसैगरी, बौद्धिक तथा पेशाकर्मी विभागमा डा. एन. एन. भारद्वाज, आर्थिक विभागमा सचिदानन्द यादव, अनुशासन विभागमा राजाराम मधेशी, प्रशिक्षण तथा नीति अनुसन्धान विभागमा मनोहर मानव, सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभागमा कृष्णकुमार र स्वयंसेवी सुरक्षा दस्ता विभागमा उमेश सिंहलाई जिम्मेवारी दिइएको छ।

युवा तथा विद्यार्थी विभागको प्रमुखमा पंकज आनन्द, वैदेशिक रोजगार विभागमा मणिभकुमार, सूचना तथा सञ्चार विभागमा पुष्पा प्रिया, संघीय मामिला विभागमा मधुमाया यादव, शिक्षा तथा संस्कृति विभागमा इन्द्रजित साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभागमा सन्दीप त्रिपाठी, नागरिकता तथा भूमिहीन समस्या समाधान विभागमा आनन्द यादव, कृषि विकास तथा अनुसन्धान विभागमा रामकिशुन नायक, विज्ञान तथा प्रविधि विभागमा विजय महतो र सहिद तथा घाइते व्यवस्थापन विभागमा मो. युसुफ साफीलाई जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ।

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more