२७ असोज, काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको तयारीका क्रममा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर काठमाडौं आएर नेपाली अधिकारीहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय गर्ने विषयमा दुवै देशका अधिकारीहरूबीच छलफल भइरहेको छ। नेपालले भ्रमणका लागि नोभेम्बर २३ र २४ तारिखको मिति प्रस्ताव गरेको भए पनि अन्तिम मिति भने दुवै देशलाई अनुकूल हुने समयअनुसार तय गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौं भ्रमणलाई प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ। भ्रमणको अन्तिम मिति र अन्य औपचारिक कार्यक्रमबारे भने दुवै देशबीचको सहमतिपछि टुंगो लाग्ने अपेक्षा गरिएको छ।



















