बुढीगण्डकी बाढीपछि प्रधानमन्त्री बालेनको सक्रियता, जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार

२५ असोज, काठमाडौ । गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले खोज तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरोको जोखिममा रहेका जगत क्षेत्रबाट ६ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको जानकारी दिएका हुन्।

उनका अनुसार उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ।

गोरखाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पहिरोपछि बुढीगण्डकी नदीमा लेदोसहितको आकस्मिक बाढी आउँदा पुल, घर तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

बाढीको जोखिम कायम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more