सांसद शिव यादवको पहलमा सुखीपुरमा गगन पुल निर्माण अघि बढ्यो, सरे खोलामा पनि प्रक्रिया सुरु

१७ असोज, सिरहा। सिरहा क्षेत्र नं. २ का सांसद शिव यादवको पहलमा सुखीपुर नगरपालिका–८ स्थित गगन खोलामा पुल निर्माण प्रक्रिया अघि बढेको छ।

वर्षायाममा गगन खोलामा आउने बाढीका कारण सुखीपुर बजारमा आवतजावत गर्न, दैनिक उपभोग्य सामग्री खरिद गर्न तथा स्वास्थ्य उपचारका लागि समेत स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएका थिए। पुल निर्माण भएपछि वर्षायाममा हुने आवतजावतको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

गगन पुल निर्माणका लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको र हाल डिजाइनको काम अघि बढिरहेको निर्माण पक्षले जनाएको छ। निर्माणको तयारी पूरा भएपछि केही दिनमै पुलको शिलान्यास गरी निर्माण कार्य सुरु गरिने ठेकेदार पक्षले जानकारी दिएको छ।

त्यसैगरी, धनगढीमाई नगरपालिका–१२ र १४ जोड्ने सरे खोलामा पुल निर्माणका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइएको छ। पुल निर्माणस्थलमा आज फिल्ड भिजिट सम्पन्न गरी प्राविधिक तथा आवश्यक प्रक्रियाका विषयमा अध्ययन गरिएको हो।

सरे खोलामा पुल निर्माण भएपछि दुई वडाबीचको आवतजावत सहज हुनुका साथै स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य, बजार तथा अन्य दैनिक सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more