कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, खतरा तहमा

९ असोज, इनरुवा । कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै गएको छ। शुक्रबार साँझ ६ः१५ बजेको मापनअनुसार ब्यारेजमा पानीको बहाव २ लाख ७० हजार ७४० क्युसेक पुगेको छ।

पानीको सतह बढ्दो क्रममा रहेकाले कोशी ब्यारेजमा अवस्था खतरा तहमा पुगेको जनाइएको छ। पानीको बहाव व्यवस्थापनका लागि ब्यारेजका ३६ वटा ढोका खोलिएको बताइएको छ।

बहाव थप बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कोशी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट जोगिन सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, आज कोशी प्रदेशका मुख्यमन्त्रीसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले कोशी ब्यारेजको निरीक्षण गरी नदीको अवस्था र पानीको बहावबारे जानकारी लिएका छन्। निरीक्षणका क्रममा सम्भावित जोखिम र सुरक्षा व्यवस्थाबारे समेत जानकारी लिइएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more