गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

२८ भदौ, जनकपुरधाम । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ लगायतका प्रतिवेदनले औंल्याएका जनकपुरधामका अतिक्रमित पोखरी तथा पोखरीका डिलमा बनेका अनधिकृत संरचना हटाउन थप १५ दिनको समय दिइएको छ।

गुठी संस्थानअन्तर्गतको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित समितिले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई अतिक्रमित संरचना आफैं हटाउन आग्रह गरेको हो।

यसअघि २०८३ साल साउन १९ गते प्रकाशित सूचनामार्फत सात दिनको समय दिइएको थियो। सोही सूचनाअनुसार भदौ २७ गते अतिक्रमित संरचना हटाउने तय भएकोमा अनुगमनका क्रममा सम्बन्धित व्यक्तिहरूले संरचना आफैं हटाउने कार्य सुरु गरेको र थप समय माग गरेको जनाइएको छ।

समितिले सो अवस्थालाई मध्यनजर गर्दै अतिक्रमित संरचना हटाउन थप १५ दिनको समय दिएको जनाएको छ।

सूचनामा देवान पोखरी (चन्द्रकूप), मध्यम सर, हरिकमणी सर, विडाल सर (विराही), गौढी पोखरी, ठाडी पोखरी, लबकी पोखरी (रजौल), कपलामोचनी सर, पुरुष्दर सर, लबकी पोखरी (जीरो माइलभन्दा उत्तरपूर्वी), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका पोखरी तथा तिनका डिलमा रहेका अनधिकृत संरचना हटाउन भनिएको छ।

निर्धारित अवधिभित्र संरचना पूर्ण रूपमा नहटाए कार्यान्वयन समितिमार्फत अतिक्रमित संरचना हटाउने र त्यस क्रममा लाग्ने खर्च तथा अन्य दायित्व सम्बन्धित व्यक्ति वा संस्थाबाट कानुनबमोजिम असुलउपर गरिने चेतावनीसमेत दिइएको छ।

 

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more