अब जुनसुकै कम्पनीको सिलिन्डर दिएर अर्को ब्रान्डको ग्यास लिन पाइने

२४ भदौ,काठमाडौं । काठमाडौं उपत्यकामा ग्यासको अभाव खेपिरहेका उपभोक्तालाई सरकारले राहत दिने भएको छ। अब उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको ग्यास लिन पाउने व्यवस्था गरिएको छ।

बाढीका कारण ग्यासको आपूर्तिमा समस्या देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकाभित्र तत्काल लागू हुने गरी यस्तो व्यवस्था मिलाउन नेपाल आयल निगम र ग्यास उद्योगहरूलाई निर्देशन दिएकी हुन्।

यस व्यवस्थाअनुसार उपभोक्ताले आफूले नियमित प्रयोग गर्ने ब्रान्डको ग्यास उपलब्ध नभएमा अर्को कम्पनीको ग्यास लिन सक्नेछन्। त्यसका लागि उपभोक्ताबाट कुनै पनि अतिरिक्त शुल्क लिन पाइने छैन।

सरकारले ग्यासको अभावको अवस्थालाई मध्यनजर गर्दै उपभोक्तालाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

नियमविपरीत काम गर्ने, उपभोक्तालाई ग्यास दिन आनाकानी गर्ने वा कृत्रिम अभाव सिर्जना गरी अतिरिक्त रकम असुल्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने सरकारले चेतावनी दिएको छ।

सरकारले ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित निकाय तथा उद्योगी–व्यवसायीलाई प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more