सुन–चाँदीको मूल्य घट्यो, सुन प्रतितोला ३ लाख १ हजार ९ सय

२२ भदौ, काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ४ सय रुपैयाँले कम हो। हिजो छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले कम हो। हिजो चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more