धनुषा-३बाट प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसले निधिसहित पाँच जनाको नाम सिफारिस

मंसिर २४, जनकपुरधाम।  नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका सम्भावित उम्मेदवारहरूको नाम सर्वसम्मतिले सिफारिस गरेको छ।

क्षेत्रीय कार्यसमिति, भातृ एवं शुभेच्छुक संगठनहरूको संयुक्त बैठकले प्रत्यक्ष तर्फ आदरणीय नेता बिमलेन्द्र निधिको नाम सर्वसम्मतिले सिफारिस गरेको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका निधि यस क्षेत्रबाट विगतमा समेत प्रतिनिधित्व गरेका नेताका रूपमा चिनिन्छन्।

समानुपातिक तर्फ भने प्रफुल्ल राज घिमिरे, रामानन्द चौधरी, ललन र उर्मिला यादवको नाम सिफारिस भएको क्षेत्रीय कांग्रेसका पदाधिकारीहरूले जानकारी दिएका छन्।
बैठकले स्थानीय सन्तुलन, क्षेत्रीय नेतृत्वको सक्रियता, संगठनात्मक योगदान तथा सामाजिक समावेशितालाई आधार मानेर नाम छनोट गरिएको जनाएको छ।

सिफारिस गरिएका नामहरु अन्तिम रूपमा अघि बढाउने सम्बन्धी निर्णय भने पार्टीको केन्द्रीय समितिले गर्नेछ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more