रोसनी झा हत्या काण्ड: किटानीमा नाम रहेका दुई जना थप पक्राउ

मंसिर २३, जनकपुरधाम । जनकपुरधामकी रोशनी झा हत्या प्रकरणमा पीडित पक्षले दर्ता गरेको किटानी जाहेरीमा नाम रहेका दुई व्यक्तिलाई धनुषा प्रहरीले आज पक्राउ गरेको छ।

धनुषा प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–३ देवान पोखरीका ४५ वर्षीय सच्चिन झा र उनका १५ वर्षीय छोरा प्रतीक झालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बलले सीआईबीको प्रारम्भिक अनुसन्धान अघि बढेको केही घण्टामै दुवै जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

यसअघि प्रहरीले मृतक रोशनीका श्रीमान् प्रशान्त मिश्रलाई समेत किटानी जाहेरीका आधारमा पक्राउ गरिसकेको थियो। नेपाल प्रहरीमा जाहेरी दर्ता भएको एक हप्तापछि मात्रै मिश्रका भिनाजु र भान्जालाई पक्राउ गरिएको थियो।

पीडित पक्षले एक दिनअघि पत्रकार सम्मेलन गरी घटनाको अनुसन्धान सीआईबीमार्फत गराउन माग गरेको थियो। सोही मागलगत्तै प्रहरी मुख्यालयको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको धनुषा प्रहरी स्रोतले जनाएको छ।

मंसिर १२ गते राति जनकपुरधाम–४ कटैया चौरीस्थित घरमा रोशनी झाको मृत्यु रहस्यमय परिस्थितिमा भएको थियो। शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ। रोशनीका ससुराली पक्षबाट पटक–पटक फरक–फरक अभिव्यक्ति—कहिले भर्याङबाट लडेर, कहिले झुन्डिएको दाबी—आएको उल्लेख गर्दै पीडित पक्षले घटनालाई हत्या भनेर दाबी गरेको छ।

रोशनीका श्रीमान् प्रशान्त मिश्र मधेश प्रदेश नीति तथा योजना आयोगमा शाखा अधिकृतका रूपमा कार्यरत छन्। माइती पक्षका अनुसार केही वर्षअघि नौ लाख रुपैयाँ दाइजो दिएर विवाह भएको र घर निर्माणका लागि थप १५ लाख रुपैयाँ प्रदान गरिएको थियो। दाइजोको भन्दै निरन्तर आर्थिक तथा मानसिक दबाब परेको आरोप माइती पक्षले लगाउँदै आएको छ।

दुई जना नाबालक सन्तानकी आमा रोशनीको हत्या प्रकरण महिला हिंसा विरुद्धको १६ दिने अभियानकै बीच सार्वजनिक भएपछि यसले देश–विदेशमा व्यापक चर्चा पाएको छ। पीडित परिवारले निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग दोहोर्याउँदै आएको

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more