मंसिर २३, महेन्द्रनगर । धनुषा – मिथिला नगरपालिका–२ सुगजोरमा सतसाहेब रामपाल सतलोक आश्रमका व्यक्तिहरूले अतिक्रमण गरेको स्थानीय सार्वजनिक जग्गा मंगलबार स्थानीय युवाहरूले खाली गराएका छन्।
स्थानीय स्रोतका अनुसार, युवाहरूले सार्वजनिक हितलाई ध्यानमा राख्दै जग्गा खाली गर्न पहल गरेका हुन्। यसअघि आश्रमका व्यक्तिहरूले उक्त जग्गामा विभिन्न संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए।
स्थानीय युवाबिचको समूहबीचको समझदारीका क्रममा जग्गा खाली गरिएको बताइएको छ। अब यसमा खेल मैदान , छठ गर्न पोखरी जस्ता पुर्वाधार को निर्माण गर्ने र आफ्नो संस्कृति जोगाउन पहल गरिने बताएकाछन। यस घटनापछि नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणमा थप पहल गर्ने संकेत दिएको छ।

















