सर्लाहीबाट लोसपाद्वारा उपेन्द्र महतो मन्त्री उम्मेदवारका रूपमा सिफारिस

मंसिर २३, सर्लाही ।— सर्लाही क्षेत्र नं. १(क) बाट  दुई कार्यकालदेखि प्रचण्ड बहुमतका साथ निर्वाचित हुँदै आएका जनता–मुखी युवा नेता उपेन्द्र महतोलाई मधेस प्रदेश सरकारमा मन्त्रीको रूपमा समावेश गरिदिन लोसपा नेपाल सर्लाही जिल्ला कार्यसमितिले औपचारिक सिफारिस गरेको छ।

जिल्ला अध्यक्ष रामप्रसाद राय यादवद्वारा हस्ताक्षरित पत्रमा ७ दलिय गठबन्धनको सहयोगमा कृष्णा प्रसाद यादवको नेतृत्वमा गठन भएको मधेस प्रदेश सरकारमा महतोलाई पार्टी तर्फबाट प्रतिनिधित्व गराउनु उपयुक्त हुने उल्लेख छ।

सिफारिस पत्रमा महतो क्षेत्रीय संरचना, संगठन विस्तार, जनसरोकारका मुद्दामा सक्रियता तथा प्रदेश राजनीतिमा माग बढ्दै गएको जनसमर्थनलाई आधार मानेर मन्त्री पदका लागि उनी योग्य उम्मेदवार हुने निष्कर्ष जिल्ला कमिटीले निकालेको जनाइएको छ।

उक्त पत्र बोधार्थका रूपमा लोसपा नेपाल मधेस प्रदेश कमिटी, जनकपुरधाममा समेत पठाइएको जिल्ला नेतृत्वले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more