ओली र लेखकलाई बयानका लागि पक्राउ गर्ने तयारी, आयोगको म्याद सकिँदै

मंसिर २४, काठमाडौ ।  २३ र २४ भदौमा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित गराउन पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको छ। आयोगको म्याद सकिन झन्डै दुई साता मात्र बाँकी रहँदा उच्च राजनीतिक तथा सुरक्षा अधिकारीहरूको बयान अझै नलिएपछि आयोग दबाबमा छ।

आयोग स्रोतका अनुसार पूर्वप्रधानमन्त्री ओलीले आयोगलाई असंवैधानिक भन्दै बयान दिन अस्वीकार गरेपछि बल प्रयोग गरेरै उपस्थित गराउने तयारी भएको हो। स्रोतले जनाएको अनुसार ओलीलाई गुण्डुस्थित निवासबाटै प्रहरी परिचालन गरेर पक्राउ गरी बयान लिने तयारी तीव्र बनाइएको छ।

त्यसैगरी तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सोधपुछमा उपस्थित नहुँदा आयोगले उनलाई समेत कानुनी प्रक्रियामार्फत हाजिर गराउने योजना बनाएको छ। आयोगले यसअघि सम्बन्धित निकायका अधिकारीहरूलाई पटक–पटक पत्राचार गरे पनि कई उच्च पदस्थ व्यक्तिहरू उपस्थित नभएका कारण छानबिन प्रक्रिया धीमा भएको बताइएको छ।

आयोग अहिले बाँकी रहेका राजनीतिक, सुरक्षा र प्रशासनिक अधिकारीहरूको बयान लिएर अन्तिम प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुगेको छ। आयोग सदस्यका अनुसार म्यादभित्र प्रतिवेदन बुझाउने उद्देश्यासहित आवश्यक कानुनी कदम चाल्ने निर्णय लिइएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more