“जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती’ शीर्षकमा बहस कार्यक्रम सुरु

असार २५, जनकपुरधाम। राष्ट्रिय एकता अभियानद्वारा आतंकवादविरुद्ध जनचेतना अभिवृद्धिको पहल

जनकपुरधाममा आजदेखि ‘जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती’ शीर्षकमा विशेष बहस कार्यक्रम सुरु भएको छ। राष्ट्रिय एकता अभियान को आयोजनामा भएको यस बहस कार्यक्रमको उद्देश्य नेपालमा मौलाउँदै गएको आतंकवादी प्रभाव, खुला सिमानाको दुरुपयोग, र त्यसले उत्पन्न गरिरहेको सुरक्षा जोखिमबारे गहिरो विमर्श गर्नु रहेको छ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव रहनुभयो। उद्घाटन मन्तव्यमा अध्यक्ष यादवले भारत–नेपालको खुला सिमानालाई पाकिस्तान समर्थित जिहादी आतंकवादी नेटवर्कहरूले ट्रान्जिट र रिक्रूटमेन्टको केन्द्र बनाउने खतरा औंल्याउँदै भन्नुभयो,

> “नेपालको मधेश क्षेत्र इस्लामिक कट्टरपन्थी नेटवर्कहरूको रणनीतिक चासोको केन्द्र बन्दै गएको देखिन्छ। यदि हामी अहिले सचेत भएनौं भने भविष्यमा यो क्षेत्रले ठूलो मूल्य चुकाउनुपर्नेछ।”

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय एकता अभियानका केन्द्रीय उपाध्यक्ष तथा पूर्व संविधानसभा सदस्य भूपेन्द्र चौधरी थिए। उहाँले नेपाल राज्य संयन्त्र, सुरक्षा निकाय र खुफिया तन्त्रलाई अझ सजग, दक्ष र सक्रिय बनाउने खाँचो रहेको औंल्याउँदै भने,

> “मधेश न त केवल सीमावर्ती भूगोल हो, न त मात्र जातीय–भाषिक पहिचानको सवाल; यो राष्ट्रिय सुरक्षा नीति निर्माणको केन्द्र बिन्दु हो।”

कार्यक्रममा केन्द्रीय सदस्यहरू जितेन्द्र दास, मनीष पुर्वे, दीपू झा, पंकज झा लगायतको उपस्थिति रहेको थियो। उनीहरूले आ–आफ्ना धारणा राख्दै मधेश क्षेत्रमा बढ्दो घुसपैठ, स्लीपर सेल, मदरसाहरूको राजनीतिक प्रयोग, र धार्मिक उन्मादको जोखिम बारे खुलस्त विश्लेषण प्रस्तुत गरे।

बहसका मुख्य बुँदाहरू:खुला सिमानाबाट जिहादी नेटवर्कको प्रवेश जोखिम,धार्मिक अतिवादका नाममा सामाजिक सद्भाव खल्बल्याउने षड्यन्त्र,स्थानीय स्तरमा चेतनामूलक अभियानको खाँचो,सुरक्षा संयन्त्रमा स्रोत र प्रविधिको अभाव,मधेशलाई शान्तिपूर्ण, सहिष्णु र राष्ट्रिय एकताको केन्द्र बनाउन सामूहिक पहल रहेको छ।

राष्ट्रिय एकता अभियानका अनुसार, बहस कार्यक्रमले आतंकवादजस्तो विश्वव्यापी संकटमा नेपालजस्तो मुलुक कसरी सुरक्षित रहन सक्छ भन्ने सवालमा नीतिगत बहसलाई जनस्तरसम्म लैजाने उद्देश्य राखेको छ। आयोजकले जानकारी दिएअनुसार कार्यक्रम भोलिसम्म जारी रहनेछ र त्यसमा सुरक्षा विश्लेषक, बुद्धिजीवी, सामाजिक अगुवा र पत्रकारहरूको समेत सहभागिता हुनेछ।

कार्यक्रमले मधेश क्षेत्रका स्थानीय युवामा चेतना जगाउने, राष्ट्रिय सुरक्षासम्बन्धी संवादलाई मजबुत बनाउने र राज्य संयन्त्रप्रति जनविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

 

 

 

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    Leave a Reply