कामको खोजीमा ११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा

८ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार हरेक महिना औसत ६९ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा युवाले श्रम स्वीकृति लिएका छन् । यसबाहेक साउदी अरब, कतार, मलेसिया सहित गन्तव्यमा धेरै युवाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

विभागका अनुसार जेठमा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीमा ११ हजार ९ सय ६१ र कतारमा ११ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।

कुन महिना कति विदेशिए ?

१.

साउन
५९,५७५

२.

भदौ
५७,४९३

३.

असोज
५३,५२५

४.

कात्तिक
७०,९९०

५.

मंसिर
८४,२२६

६.

पुस
६७,२५८

७.

माघ
७२,४४१

८.

फागुन
६८,९६३

९.

चैत
७३,४०३

१०.

वैशाख
७८,०५०

११.

जेठ
७४,४६७

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more

    Leave a Reply