स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी दरबन्दी थप्ने प्रस्ताव स्वीकृत

२४ बैशाख , काठमाडौ ।  सरकारले स्वास्थ्य क्षेत्रमा लामो समयपछि ठूलो संख्यामा स्थायी जनशक्ति थप्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप्ने प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो।
स्वास्थ्यमन्त्री निशा महेता को सचिवालयका अनुसार बुधबार अर्थ मन्त्रालयले उक्त प्रस्तावलाई सहमति दिएको हो। मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य क्षेत्रमा देखिएको गम्भीर जनशक्ति अभावलाई मध्यनजर गर्दै नयाँ दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाइएको हो।
अब उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा जानेछ। स्वास्थ्य मन्त्रालयले आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने तयारी गरिरहेको जनाएको छ।
स्वास्थ्य क्षेत्रमा झन्डै तीन दशकयता नयाँ स्थायी दरबन्दी थप हुन सकेको थिएन। यसअघि विभिन्न स्वास्थ्य मन्त्रीहरूले पटक–पटक पहल गरे पनि सरकारले स्वीकृति दिएको थिएन। स्वास्थ्यकर्मी संगठन तथा विज्ञहरूले लामो समयदेखि दरबन्दी विस्तारको माग गर्दै आएका थिए।
देशको जनसंख्या तीन करोड नाघिसक्दा पनि अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा पुरानै दरबन्दी संरचना कायम रहँदा जनशक्ति अभाव बढ्दै गएको थियो। विशेषगरी संघीय संरचनाअनुसार स्वास्थ्य सेवा विस्तार भएसँगै आवश्यक जनशक्ति अभाव झन् चुनौतीपूर्ण बनेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
मन्त्रालयका अनुसार नयाँ दरबन्दी थपिएपछि अस्पताल तथा स्वास्थ्य संस्थामा सेवा प्रवाह प्रभावकारी हुने, विशेषज्ञ सेवा विस्तार हुने तथा संघीय संरचनाअनुसार स्वास्थ्य प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more