विवादपछि श्रममन्त्री दीपककुमार साह पदमुक्त हुँदै, आजै नयाँ मन्त्री नियुक्त हुने सम्भावना

२६ चैत, काठमाडौ ।  — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह १४ दिनमै पदबाट हट्ने भएका छन्। विभिन्न विवादमा मुछिएपछि प्रधानमन्त्री वालेन्द्र शाह ले साहलाई पदमुक्त गर्ने निर्णय लिन लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार श्रममन्त्रीबारे निरन्तर विवाद उठिरहेकाले आजै उनलाई हटाउने निर्णय हुने तयारी गरिएको छ। “श्रममन्त्रीको विषयमा विभिन्न कुरा उठिरहेको भएकाले आजै हटाउने निर्णय हुँदैछ,” सचिवालयले जनाएको छ।
यसबीच मन्त्री साहकै पहलमा उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएको विषय सार्वजनिक भएपछि थप विवाद चर्किएको थियो। यद्यपि, उनलाई पदबाट हटाइनुको औपचारिक कारण भने सरकारले सार्वजनिक गर्ने तयारी गरेको छ।
सचिवालयका अनुसार नयाँ श्रममन्त्रीको नियुक्ति पनि आजै हुन सक्ने सम्भावना रहेको छ।
महोत्तरी–२ बाट निर्वाचित सांसद साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हुन्। उनले सोही क्षेत्रमा पूर्वश्रममन्त्री शरतसिंह भण्डारी लाई पराजित गर्दै चुनाव जितेका थिए।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more