लहानमा आमा–छोरी मृत अवस्थामा फेला

भदौ १७, लहान । सिरहा जिल्लाको लहान नगरपालिका–१ मटियर्वा टोलमा एक आमा र उनको छोरी मृत अवस्थामा फेला परेका छन् ।

स्थानीयवासीका अनुसार घटनास्थलमा ३५ वर्षीया आमाले आफ्नै छोरीको हत्या गरी त्यसपछि आत्महत्या गरेको आशंका गरिएको छ । घटनास्थलमा दुवै जना मृत फेला परेपछि गाउँ शोकमग्न बनेको छ ।

घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएलगत्तै इलाका प्रहरी कार्यालय लहानको टोली पुगेको छ । प्रारम्भिक अनुसन्धानमा आमाले घरेलु समस्या र मानसिक तनावका कारण यस्तो घटना घटाएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । तर वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।आमा र छोरीको शवलाई पोस्टमार्टमका लागि लहानस्थित अस्पतालमा लगिएको छ । घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ भने विस्तृत विवरण आउन बाँकी छ ।

 

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more