लोसपा नेपाल धनुषाको विस्तारित बैठक सम्पन्न

भदौ १६, जनकपुरधाम।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जनकपुरधाममा सम्पन्न भएको छ।

बैठकमा जिल्ला अध्यक्ष जीबेन्द्र झाको अध्यक्षता रहेको थियो भने लोसपा नेपालका महासचिव परमेश्वर साह, सचिव द्वय सदाशिव मिश्र र ज्ञानेन्द्र झा, प्रदेश अध्यक्ष रामज्ञान मण्डलसहित विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले संघीय लोकतान्त्रिक मोर्चाले सञ्चालन गर्ने जनजागरण अभियान आगामी भदौ २० गते शुक्रबार मिथिला बैंक्विट, क्याम्पस चौक जनकपुरधाममा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ।

त्यससँगै बैठकले पालिका, गाउँ र वार्ड तहका अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने निर्णय पनि गरेको जिल्ला अध्यक्ष झाले जानकारी दिए।बैठकमा सहभागी नेताहरूले संगठनलाई अझ बलियो बनाउने र आन्दोलनलाई प्रभावकारी बनाउन सबै तहमा एकता आवश्यक रहेकोमा जोड दिएका थिए।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more