रास्वपा–उज्यालो नेपाल एकता भंग भएपनि, उज्यालो नेपालका केही केन्द्रीय सदस्य रास्वपामै रहने

पुस २६, काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता औपचारिक रूपमा भंग भइसके पनि उज्यालो नेपाल पार्टीका केही केन्द्रीय सदस्यहरूले भने रास्वपामै रहने निर्णय गरेका छन्। एकता टुटेसँगै दुवै दलले आ–आफ्ना आकस्मिक बैठक बोलाएका छन् भने पार्टीभित्र नयाँ राजनीतिक समीकरण देखिन थालेको छ।
उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने तयारीमा कुलमान घिसिङ जुटिरहेका बेला पार्टीका केही केन्द्रीय सदस्यहरूले भने अझै पनि रास्वपासँगको एकताको पक्ष नछोड्ने संकेत दिएका छन्। उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यका अनुसार आफूहरू रास्वपामै रहने निर्णयमा पुगेका छन्। “पार्टी एकता भइसकेको छ भन्ने हाम्रो बुझाइ छ। हामी एकताको पक्षमै छौँ र अब उज्यालो नेपालतर्फ फर्किने छैनौँ,” ती सदस्यले बताएका छन्।
उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण बुझाएको छ। स्रोतका अनुसार तीमध्ये करिब २० जना केन्द्रीय सदस्य एकताको पक्षमा उभिएका छन् र रास्वपामै रहने विषयमा आन्तरिक छलफल गरिरहेका छन्। उनीहरूले आगामी रणनीति तय गर्न छलफल तीव्र पारेको जनाइएको छ।
एकता भंगपछि उज्यालो नेपाल पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिन थालेको छ। एकातर्फ कुलमान घिसिङको नेतृत्वमा पार्टीलाई अघि बढाउने तयारी भइरहेको छ भने अर्कोतर्फ केही नेताहरू रास्वपासँगको सहकार्य निरन्तर राख्नुपर्ने अडानमा छन्। यस

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more