रामानन्द चोकमा अचेत भेटिएका ३५ वर्षीय पुरुषको मृत्यु, सनाखत हुन सकेन

२० असोज , जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको हालसम्म सनाखत हुन सकेको छैन।

प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः४० बजे रामानन्द चोकमा अन्दाजी ३५/३६ वर्षीय पुरुष अचेत अवस्थामा लडिरहेको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।

अस्पताल पुर्‍याएपछि चिकित्सकले जाँच गर्दा दिउँसो १२ बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले मृतकको हुलिया सार्वजनिक गर्दै पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ। मृतकको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट ७ इन्च, कालो कपाल रहेको तथा रातो भेस्ट र जिन्स पाइन्ट लगाएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकलाई चिन्नुहुने वा उनको परिवार तथा आफन्तबारे जानकारी भएका व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा वा १००, ९८५४०२६०९० र ९८५४०९०४१९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more