म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ छु : प्रधानमन्त्री ओली

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै उनले यस्तो बताएका हुन् ।

‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी सबै दृढ छौं’ प्रधानमन्त्री ओलीले भने ।

तथापि, कतिपयले फेसनको रुपमा लान्छना लगाउने गरेको उनले बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिएर अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताए ।

कसैले केही लेखेकै आधारमा वा आरोप लगाएका आधारमा नभएर तथ्यका आधारमा सरकारले आवश्यक कदम चाल्ने पनि उनको प्रतिवद्धता छ ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply