मिटरब्याज सम्बन्धि कार्य जिल्ला प्रसासन कार्यालय बाट गरिने

५ असार ,राजबिराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले अब जिल्ला भित्र हुने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी छानबिन तथा फछ्यौट कार्यहरु जिल्ला प्रहरी कार्यालय मार्फत नभई प्रशासन कार्यालयबाटै सञ्चालन गरिने जनाएको छ ।

यसअघि अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी सम्पूर्ण कार्यहरु जिल्ला प्रहरी कार्यालय सप्तरीबाट हुँदै आएको थियो।

आज जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै  अब उप्रान्त केहि दिन भित्र अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण कार्यहरु जिल्ला प्रशासन कार्यालयमार्फ सञ्चालन हुने जानकारी गराएको हो।

सूचना अनुसार, अब जिल्ला भित्र लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी, छलफल, छानबिन र फर्छयौट गर्ने सम्पूर्ण प्रक्रिया प्रशासन कार्यालयमार्फत सहज रूपमा सञ्चालन हुनेछ ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply