दैलेखमा भेटियो प्राकृतिक ग्याँस

असार  ५,दैलेख । दैलेखको जलजले क्षेत्रमा करिब ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ। चीनको सरकारी टोलीले गरेको ड्रिलिङ अध्ययनबाट नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्याँस रहेको देखिएको हो।

चार हजार मिटर गहिराइसम्मको खनाइपछि ग्याँसको गन्धसहितको चट्टान परीक्षणका लागि चीन लगिएको थियो। प्रारम्भिक नतिजामा मिथेन ग्याँसको पर्याप्त मात्रा पुष्टि भएको छ, जुन स्वच्छ इन्धनका रूपमा प्रयोग गर्न सकिनेछ।

ग्याँसबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न, घरायसी प्रयोजनमा बत्ती बाल्न र हाइड्रोजन छुट्याएर मल उत्पादनमा समेत प्रयोग गर्न सकिने छ।

डिटेल रिपोर्ट प्राप्त भएपछि परीक्षणको रूपमा ग्याँस उत्पादन सुरु गर्ने योजना बनाइएको छ। अनुमानित लागत करिब ६५ अर्ब रुपैयाँ रहेको छ।

यसको व्यवसायिक उत्पादन सुरु गर्न सके नेपालको आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply