धनुषामा बाली जोगाउन थापेको धरापमा परेर महिलाको मृत्यु

५ असार, जनकपुधराम। धनुषामा जंगली जनावरबाट बाली जोगाउन लगाएको विद्युतीय धरापमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरमा आज बिहान स्थानीय ५० वर्षीया मङ्लीदेवी महतोको मृत्यु भएको हो ।

आज बिहान घर नजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदा रामप्रमोद महतोले बाली जोगाउन लगाएको नाङ्गो तारमा करेन्ट लागेर मङ्लीदेवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply