महोत्तरी कारागारमा कैदीको मृत्यु

भाद्र १ , जनकपुरधाम। महोत्तरी  जिल्ला कारागारमा एक कैदीको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१४ का ६० वर्षीय राजकिशोर साहको आइतबार बिहान निधन भएको कारागार प्रशासनले जानकारी दिएको छ।शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रशासनले जनाएको छ।

राजकिशोर साह २०७७ मंसिर ७ गते बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाबसा खातुनको अपहरण, बलात्कार र हत्या घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका थिए। घटनापछि पाँच वर्षसम्म भारतमा लुकेर बसेका साहलाई प्रहरीको विशेष टोलीले यस वर्ष २०८२ असार १५ गते पक्राउ गरेको थियो।

उक्त घटनामा साहका २६ वर्षीय छोरा अरुणकुमार साह पनि संलग्न रहेको पाइएको छ। उनी अहिले महोत्तरी कारागारमै कैद सजाय भोगिरहेका छन्। यस्तै, सोही घटनामा संलग्न रहएकी साहकी ५१ वर्षीया श्रीमती सुशीलादेवी साह सिन्धुली जिल्ला कारागारमा रहेका छन्।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply