मन्त्रिपरिषद्का पाँच महत्वपूर्ण निर्णय : देवानगञ्ज र सिरहा घटनाका चार मृतकलाई शहीद घोषणा

२६ साउन, काठमाडौ । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २६ गते बसेको बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत गरेको छ।
यसैगरी, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित ‘एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
सरकारका यी निर्णयमध्ये सुनसरी–सिराहाका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने तथा एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णयलाई विशेष महत्वका साथ हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more