भिजिट भिसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरिने – गृहमन्त्री लेखक

१० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा एक छानबिन समिति गठन गरेको जानकारी गराए।

 समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन्। गृहमन्त्रीका अनुसार समितिले तत्कालीन र दीर्घकालीन समाधानका लागि सुझाव दिनेछ। साथै, नीतिगत तथा कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा पनि समितिले तयार पार्नेछ।

सरकारले समितिको सुझावका आधारमा आवश्यक निर्णय लिने गृहमन्त्री लेखकले स्पष्ट पारे।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    Leave a Reply