फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा उमर फारूक पक्राउ

४ कात्तिक ,रौतहट । सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिका–५ निवासी उमर फारूक पक्राउ परेका छन्।

प्रहरीका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले फारूकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका फारूकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more