प्रसाईंसहित ४ बन्दीबारे सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एकै दिन चारवटा बन्दीहरूबारे कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले चार जना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै थुनामा राख्नुको कारण माग गरेको हो ।

दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखेको भन्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत गएका थिए ।

ईश्वर दाहाललाई गैरकानूनी थुनामा राखिएको भन्दै रविना सथसंकर सर्वोच्च गएका थिए । युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई पनि गैरकानूनी रुपमा थुनिएको भन्दै सर्वोच्चमा निवेदन परेको थियो ।

ती निवेदनहरूको सुनुवाइपछि सर्वोच्च अदालतले थुनामा राख्नुको कारण पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायत सम्बन्धित प्रहरी कार्यालयहरूको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सम्बन्धित समाचारहरु

एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

Read more

रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

Read more