सरकार गठनमा बालेन शाहसँग पनि सहकार्य सम्भव : प्रचण्ड

१९ फागुन, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार निर्माण प्रक्रियामा बालेन शाहसँग पनि सहकार्य हुन सक्ने संकेत दिएका छन्।
नेपाल खबर अनलाइन मिडियासँगको अन्तर्वार्तामा उनले निर्वाचनपछि बन्ने अंकगणितीय अवस्थाका आधारमा सहकार्यको ढोका खुला रहने स्पष्ट पारे। कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने अवस्था नदेखिएको दाबी गर्दै प्रचण्डले ‘हङ पार्लियामेन्ट’ बन्ने सम्भावना औंल्याए।
उनका अनुसार यस्तो अवस्थामा स्थिर सरकार निर्माणका लागि विभिन्न राजनीतिक शक्तिबीच समझदारी अनिवार्य हुन्छ। “जनताले जस्तो अभिमत दिन्छन्, त्यसलाई हामी अस्वीकार गर्ने पक्षमा छैनौँ,” उनले भने, “देशलाई सहज निकास र स्थिरता दिन जससँग सहकार्य गर्दा उपयुक्त हुन्छ, त्यही अनुसार निर्णय हुन्छ।”
प्रचण्डले आफूहरू प्रधानमन्त्रीका लागि हतारोमा नरहेको पनि स्पष्ट पारे। संसद्को गणितले आवश्यक ठानेको अवस्थामा जिम्मेवारीबाट पछि नहट्ने तर अहिले नै व्यक्तिनाम घोषणा गर्नु परिपक्व राजनीति नहुने उनको तर्क थियो।
उनले आफ्नो पार्टी सरकार गठन प्रक्रियामा निर्णायक भूमिकामा पुग्ने विश्वास व्यक्त गर्दै सबै विकल्प खुला रहेको संकेत दिए। साथै, निर्वाचन परिणामलाई स्वीकार गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more