सर्लाहीमा मतदान अधिकृतको मृत्यु

१९ फागुन, जनकपुर। सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए ।

रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् । मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

दिउँसो साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

सम्बन्धित समाचारहरु

हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

Read more

सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

Read more