प्रधानमन्त्री बालेन शाहको विशेष चासोमा हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र

९अषाढ, काठमाडौ । प्रधानमन्त्री बालेन शाहको विशेष चासो र निर्देशनमा दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र बनाइएको छ। सरकारले उद्योग पुनर्जीवनलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा प्राविधिक प्रक्रिया अघि बढाएको हो।
उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाको प्राविधिक सहयोग लिने तयारी गरिएको छ। प्रारम्भिक चरणमा उद्योगभित्र रहेका पुराना मेसिनहरूको मर्मत तथा परीक्षणका लागि ३३ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
यस्तै, उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नयाँ मेसिनरी जडान, पूर्वाधार सुधार तथा अन्य व्यवस्थापन खर्चसहित कुल १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
सरकारले उद्योगको वर्तमान अवस्था, उत्पादन क्षमता तथा बजार सम्भावनाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ। स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र औद्योगिक क्षेत्रको पुनरुत्थानलाई ध्यानमा राख्दै हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको पहल अगाडि बढाइएको बताइएको छ।
लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आएमा देशको कपडा उत्पादनमा आत्मनिर्भरता बढ्नुका साथै स्थानीय स्तरमा रोजगारीका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more