पेट्रोलियम पदार्थमा भन्सार र पूर्वाधार कर ५०% घटाउने सरकारको निर्णय

२४ चैत, काठमाडौ ।   सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महशुल तथा पूर्वाधार कर आधा घटाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो।
मन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थको बढ्दो खपत नियन्त्रण गर्न सरकारले विभिन्न कदमहरू अघि सारेको छ। आवश्यकता अनुसार जोर–बिजोर प्रणाली समेत लागू गर्न सकिने संकेत उहाँले दिनुभयो।
सरकारको यो निर्णयले पेट्रोलियम पदार्थको मूल्यमा केही राहत पुग्ने अपेक्षा गरिएको छ भने खपत व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more