नेपाली कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका सार्वजनिक

मंसिर १५, काठमाडौ ।— नेपाली कांग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशनका लागि अधिवेशनको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका संरचनागत अधिवेशनहरू क्रमिक रूपमा पुष महिनाभर सञ्चालन हुने र केन्द्रीय महाधिवेशन २६ पुसबाट शुरू हुने जानकारी दिएको छ।

जारी कार्यतालिका अनुसार सबैभन्दा पहिले गाउँ/नगर वडा अधिवेशन पुष १६ गते सम्पन्न हुनेछ। त्यसपछि गाउँ/नगरपालिका अधिवेशन पुष १७ मा हुने र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुष १९ मा निर्धारण गरिएको छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एउटैात्र क्षेत्र भएको जिल्ला अधिवेशन दुवै पुष २१ मा सम्पन्न हुनेछन्। एक भन्दा बढी क्षेत्र भएका जिल्लाहरूका अधिवेशन पुष २२ मा आयोजना गरिने पार्टीले जनाएको छ।

त्यस्तै, प्रदेश अधिवेशन पुष २३ र २४ मा सञ्चालन हुने र पार्टीको केन्द्रीय महाधिवेशन भने पौष २६,२७र २८ गते काठमाडौ मा हुने छ । अधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया पनि सोही अवधिमा सम्पन्न गरिने छ।

कांग्रेसका केन्द्रीय सदस्यहरूले यो महाधिवेशनलाई पार्टी पुनर्गठन, जनविश्वास पुनर्स्थापना र राजनीतिक सङ्कल्प पुनर्परिभाषित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

पार्टी कार्यालयले महाधिवेशन सफल बनाउन देशभरका नेता–कार्यकर्ता, शुभेच्छुक संस्था, भ्रातृ-संगठन तथा स्थानीय संरचनाहरूलाई कार्यतालिका अनुसार सक्रिय सहभागिता जनाउन निर्देशन समेत दिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more