नाउपाले लियो मधेश सरकारलाई दिएको समर्थन फिर्ता

२४ असार, जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।

आज बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।

उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन्।

मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन गरेको थियो।

सम्बन्धित समाचारहरु

गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

Read more

९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

Read more

Leave a Reply